चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी सन्राइज बैंकको नाफामा ४२०.५३ प्रतिशतले वृद्धि भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ।
बिज्ञापन
चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जनगरेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १० करोड ३० लाख रुपैयाँ थियो। बैंकको गत वर्षको तीन महिनाको नाफाभन्दा चालु वर्षको तीन महिनाको नाफा ५.२० गुणाले बढेको हो। गत आर्थिक वर्षको पहिलो तीन महिनाको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९० पैसा थियो भने अहिले बढेर ९ रुपैयाँ २५ पैसा भएको छ।
बिज्ञापन
तर, बैंकको खराब कर्जामा भने सुधार देखिएको छैन। गत वर्षको तीन महिनाको तुलनामा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत थियो भने अहिले बढेर ५.४४ प्रतिशत पुगे को छ।
बैंकको ब्याज आम्दानी घटेको छ । गत वर्षको तीन महिनामा नौ अर्बभन्दा बढी ब्याज आम्दानी गरेको यो बैंकले चालु आर्थिक वर्षको तीन महिनामा सात अर्ब ७२ करोड रु पैयाँ ब्याज आम्दानी गरेको छ।
बिज्ञापन








