होमपेज > सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी

बिज्ञापन
बिज्ञापन

नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ।

बिज्ञापन

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।

बिज्ञापन

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले भने, ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु ।’

नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए। नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराए। पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे ।

बिज्ञापन

नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए। नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते