होमपेज > बलेरो दुर्घटना हुँदा एकको मृत्यु, २५ जना घाइते

बलेरो दुर्घटना हुँदा एकको मृत्यु, २५ जना घाइते

बिज्ञापन
बिज्ञापन

नवलपुरको कावासोती- १ बालुवा डाँडामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

बिज्ञापन

दुर्घटनामा परी एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्‍याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बिज्ञापन

२५ जना घाइतेहरुमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते