होमपेज > नेपाल एइरलाइन्सले नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरुलाई लाइनमा टिकट वितरण गर्दै

नेपाल एइरलाइन्सले नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरुलाई लाइनमा टिकट वितरण गर्दै

बिज्ञापन
बिज्ञापन

नेपाल एइरलाइन्स सिमकोट शाखाले सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरुलाई लाइनमा राखेर पालो अनुसार टिकट वितरण गर्ने भएको छ । सर्वसाधारण यात्रुहरूले पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि यो प्रणालीबाट टिकट वितरण गर्न लागिएको हो ।

बिज्ञापन

यात्रु चापबढी भएको कारण सवैले आफ्नो पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि टिकट वितरण गर्न लाइनमा बस्ने प्रणाली लागु गरिएको नेपाल एइरलाइन्स सिमकोटका प्रमुख छिरिङ लामाले बताए । कार्यालयमा आउने यात्रुहरुलाई टिकट दिदा निष्पक्ष नभएको गुनासो आएपछि लाईनमा जो यात्रु पहिलो आउछ, उसैलाई टिकट दिन लागिएको उनले बताए । मंगलबार टिकट पहुँचका आधारमा वितरण गरिएको भन्दै कार्यालयको सिसा फुटाउने कार्य भएको थियो ।

बिज्ञापन

यसरी लाइनमा वसेर एक उडानमा छ वटा टिकट वितरण गरिनेछ । सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि एघार जना यात्रुहरु बोकेर जहाजले उडान भर्ने गर्छ । त्यसमा दुई जना बिरामी, दुई जना स्थानीय प्रशासनको सिफारिसमा सरकारी सिट र एक सिट भने कार्यालयले बितरण गर्ने गर्छ । अब आगामी कातिक ५ गते सोमबारका लागि आइतबार कातिक ४ गते लाइनमा टिकट वितरण गरिने उनले बताए ।

नेपाल एइरलाइन्सले नेपालगञ्जबाट हप्ताका एक उडान र सुर्खेतबाट एक उडान भर्ने गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते