नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
बिज्ञापन
आज अमेरिकी डलर, युरो, बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ भने पाउन्डसहितका केही मुद्राको मूल्य घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा छ।
बिज्ञापन
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा कायम भएको छ। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। । आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० र बिक्रीदर ९० रुपैयाँ ७० पैसा निर्धारण भएको छ।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा कायम भएको छ। आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा कायम भएको छ।








