होमपेज > आज विजया दशमी, घर घरमा मान्यजनबाट टिका, जमरा र आशिर्बाद ग्रहण गरिदैं

आज विजया दशमी, घर घरमा मान्यजनबाट टिका, जमरा र आशिर्बाद ग्रहण गरिदैं

बिज्ञापन
बिज्ञापन

आज बिहान ११ बजेर ३६ मिनेटको साइतमा आफ्ना मान्यजनबाट टीका ग्रहण गर्न समस्त नेपालीहरू एकआपसमा जुटेका छन् ।

बिज्ञापन

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा टीकाका दिन जुट्ने गर्दछन् । आज बिहान ११ बजेर ३६ मिनेटमा आ-आफ्ना घरमा विधिपूर्वक राखिएका जमरा विर्सजन गरेपश्चात पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा दशमीका दिन विर्सजन गरेपछि पूर्णिमाका दिनसम्म दसैँको टीका लगाउने प्रचलन छ ।

बिज्ञापन

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतिक पहँलो जमरा नै प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि ९ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँ घरमा प्रत्येक दिन पूजाअर्चना सहित दुर्गा सप्तशती चण्डी र भगवती स्तोत्र पाठ गर्ने गरिन्छ।

आजका दिन परिवारमा आफूभन्दा ठुलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यस, ऐर्श्वर्य, वृद्धि तथा दिर्घायु प्राप्त होस् भनी आशिर्बाद लिने गर्छन् । आजका दिन अवेरसम्म भए पनि वैदेशिक रोजगारमा गएका आफन्तहरू घर फ़र्कने क्रम रहने छ । फूलपातीमा घर आउन नभ्याउनेहरू टीकामा भने अवश्य आउने गरेको पाइन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते