बाढीपहिरोको कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबारदेखि खुल्ने भएको छ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शुक्रबार बिहान १० बजेपछि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका हुन्। राजमार्गमा पहिरोको अवरोध खुलाउन भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्माको टोलीले काम गरिरहेको छ।
बिज्ञापन
अहिले सडक मर्मत गर्ने प्राविधिक टोली काभ्रेको रोशी गाउँपालिका-९ को दाउनेमा रहेको छ। इन्जिनियर शर्मासँग टेलिफोनमा आफ्नो कुरा भएको र शर्माले शुक्रबारबाट राजमार्ग सञ्चालनमा आउने बताएको ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।








