आज (बुधबार) फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ ।ठूलो भारतीय गोलभेँडा १३५, सानो लोकल गोलभेँडा ९०, रातो आलु ८२, मुडेको रातो आलु ७९, लोकल गाँजर १३५, लोकल बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ।
बिज्ञापन
त्यसैगरी सेतो मुला २७, डल्ले भन्टा ८५, बोडी ९५, घिउसिमी १४५, करेला ९५, लौका ६५, परबल ८५, चिचिन्डो ६५, घिरौँला ८५, हरियो फर्सी ५५, डिन्डी ५५, स्कुस ३५, रायोको साग १३५, पालुंगोको साग १४५, कन्य च्याउ १७६, डल्ले च्याउ ३७६, ब्रोकाउली १६० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले जनाएको छ ।
फूजी स्याउ पनि ४० रुपैयाँले घट्दै २६० रुपैयाँ कायम भएको छ केराको मूल्य भने १० रुपैयाँले बढ्दै १५० पुगेको छ । अनारको मूल्य ह्वात्तै बढेको छ । हिजो ३३० रुपैयाँ तोकिएकोमा आज ३८० रुपैयाँ पुगेको छ ।








