होमपेज > नेपाल लाइफले आयोजना गर्‍यो ‘हामीलाई त बडा दशैं लाग्यो है!’ टिकटक प्रतिस्पर्धा

नेपाल लाइफले आयोजना गर्‍यो ‘हामीलाई त बडा दशैं लाग्यो है!’ टिकटक प्रतिस्पर्धा

बिज्ञापन
बिज्ञापन

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धा आयोजना गरेको छ ।

बिज्ञापन

बडादशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले हामीलाई त बडा दशैं लाग्यो है! नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । हामीलाई त बडा दशैं लाग्यो है! नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्ने मध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही असोज १७ गतेदेखि कार्तिक २४ गतेसम्म सहभागी हुन सक्ने छन् ।

बिज्ञापन

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ । सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि नेपाल लाइफ सबैलाई आह्वान गर्दछ । यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् ।

कम्पनीले सञ्चालनमा ल्याएको टिकटक प्रतियोगितामा सहभागिता जनाई आफ्नो रचनात्मक प्रस्तुति गरी कम्पनीद्वारा निर्धारण गरिएको पुरस्कारबाट सम्मानित हुन सबैमा आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने कुरा बताएका छन् । यसका साथसाथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडा दशैं २०८१, तिहार, नेपाल सम्वत ११४५ र छठ पर्वको सबै सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते