होमपेज > कृषि विकास बैंकले बाढी प्रभावितका लागि दियो एक करोड ५० लाख

कृषि विकास बैंकले बाढी प्रभावितका लागि दियो एक करोड ५० लाख

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंकले असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल बर्षाका कारणले आएको बाढीका कारण पीडित बनेकाहरुको राहतका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

बिज्ञापन

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य एवं नेपाल सरकार अर्थ मन्त्रालयका सह-सचिव दीर्घराज मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख सरिता दाहाल र वरिष्ठ शाखा प्रमुख धुर्व पौडेल एवं प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

बिज्ञापन

कृषि विकास बैंक लिमिटेडले बाढीबाट प्रभावित र पीडितलाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे। कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते