होमपेज > अवैध रुपमा अमेरिका हिँडेका नेपालीसहित दर्जनौँ आप्रवासीमाथि सेनाले चलायो गोली

अवैध रुपमा अमेरिका हिँडेका नेपालीसहित दर्जनौँ आप्रवासीमाथि सेनाले चलायो गोली

बिज्ञापन
बिज्ञापन

मेक्सिकन सेनाले मेक्सिकोको बाटो भएर अवैध रुपमा अमेरिका हिँडेका दर्जनौँ आप्रवासी चढेको ट्रकमा गोली चलाएको छ। सेनाको गोली लागेर ६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।

बिज्ञापन

मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना मंगलबार भएको जनाएको छ। घटना मेक्सिकोको दक्षिणी राज्यको चियापसस्थित ह्युइक्स्टला सहरनजिक भएको जनाएको छ। सैन्य कर्मचारीहरूले इजिप्टियन, नेपाली, क्युवाली, भारतीय, पाकिस्तानी र साउदी अरबका ३३ आप्रवासीहरूको ट्रकमा भएको उल्लेख गरेका छन्। यीमध्ये चारजनाको मृत्यु भएको भनिएको छ। ट्रकमा भएका मध्ये १२ जना घाइते छन् भने १७ जना सुरक्षित रहेका छन् ।

बिज्ञापन

घाइते १२मध्ये दुईजनाको भने उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ। उनीहरू कसैको पनि पहिचान खुलाइएको छैन। गोलीबारी ग्वाटेमालाको सिमानामा रहेको तपचुला शहरबाट करिब ४१ किलोमिटर ९२५ माईल० टाढा भएको हो । यो क्षेत्र आप्रवासी र शरणार्थीहरू मेक्सिको र अन्य देश प्रवेशबिन्दुको रुपमा परिचित छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते