होमपेज > अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले गरे उद्धार

अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले गरे उद्धार

बिज्ञापन
बिज्ञापन

अविरल वर्षाको कारण काभ्रेको रोशीखोला क्षेत्रमा अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेवेशीसम्म १० भन्दा धेरे ठाउँको सड्क रोशीले कटान गरेको छ ।

बिज्ञापन

पूर्व क्षेत्र र तराईबाट आएर काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ दाउन्ने, वडा नम्बर ८ पिन्थली र नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा अलपत्र परेका यात्रुको सशस्त्रले उद्धार गरेको हो । जनकपुरबाट एम्बुलेन्समा आएका र दाउन्नेमा ३ दिनदेखि अलपत्र स्पाइनल इन्जुरीको बिरामी लाई सशस्त्रले बाँसको खट बनाएर उद्धार गरेको छ । स्पाइनल इन्जुरीको समस्या भएका ६५ वर्षीय रामचन्द्र यादव लाई बाँसको खट बनाएर करिब १५ किलोमिटर बोकेर सेनाको हेलिकप्टरसम्म लगिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

बिज्ञापन

सशस्त्र प्रहरी बलका एसपी प्रेम प्रसाईं नेतृत्वको टिमले बाटोमा अलपत्र मधुमेहको समस्या भएका ६९ वर्षीय शम्भु चौधरी, ५९ वर्षीया रितादेवी चौधरी, टाइफाईड भएका ३० वर्षीय कुमार तामाङ र बिरामी लिएर काठमाडौँ आउँदै गरेका ६५ वर्षीय जोगेन्द्र यादवलाई उद्धार गरेको छ । उनीहरू जनकपुरबाट उपचारको लागी काठमाडौँ आउँदै थिए । रोशी गाउँपालिका वडा नम्बर–८ स्थित पिन्थलीमा अलपत्र वृद्ध, अशक्त र बिरामी परेका १३ जनालाई सशस्त्रले बोकेर सुरक्षित तरिकाले सड्क पार गराएको छ ।

रोशी गाउँपालिका वडा नम्बर–९ स्थित नार्के बजारको १३ वटा पक्की घर रोशी खोलाले बगाएको छ । घर बगाएपछि विस्थापीत भएकाहरुलाई सशस्त्रले दुईवटा जस्ताको टहरा निर्माण गरेको छ । वडा नम्बर–८ मा १३ घर परिवारका लागी टहर निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । रोशीखोला, दाउन्ने र भ्याकुरे खोलाको कारण बाटो पार गर्न नसकेर अलपत्र यात्रुलाई सहजिकरण गर्न सशस्त्रले सो क्षेत्रका ५ ठाउँमा गोरेटोबाटो र अस्थायी पुल निर्माण गरेको छ । जोखिममा रहेका घरको सामानहरु सार्न पनि सशस्त्रले स्थानीयलाई सहयोग गरेको छ ।

बिज्ञापन

नमोबुद्ध नगरपालिका–६ स्थित चौकिडाँडामा ३ दिनको सुत्केरी महिला र नवजात बच्चालाई खोला तारेर सशस्त्रका सकलदर्जाले ४ किलोमिटर पार गराएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । रोशीखोला क्षेत्रमा उद्धार गर्न सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँको नेतृत्वमा ६० जना उद्धारकर्मी खटिएका छन् । असोज १४ मा अलपत्र ९ जना भारतीयलाई सशस्त्रले कटुन्जेमा फेला पारेर आर्मीको हेलिकप्टरमार्फत धुलिखेल पठाएको थियो । चौकीडाँडा स्थित भीरमा अलपत्र ७५ जना यात्रुलाई सशस्त्रले सहायता दिएर भिर कटाएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते