होमपेज > हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलट र एक इन्जिनियरको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलट र एक इन्जिनियरको मृत्यु

बिज्ञापन
बिज्ञापन

भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ ।

बिज्ञापन

जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल नजिक भएको हो । हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट मुम्बईको जुहुका लागि उडेको थियो ।

बिज्ञापन

उडेको करिब केही मिनेटपछि हेलिकप्टर १ दशमलव ५ किलोमिटर टाढा पुगेर दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ। दुर्घटना पहाडी क्षेत्रमा भएको बताइएको हो । बिहानै त्यहाँ बाक्लो कुहिरो थियो । दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै दुई एम्बुलेन्स र चार दमकल उद्धारका लागि घटनास्थलमा पुगेका थिए । हेलिकप्टरका सबै पार्ट्स चकनाचुर भएर आगो बलिरहेको थियो ।

हेलिकप्टर हेरिटेज एभिएसन नामक निजी कम्पनीको थियो । पाइलट र इन्जिनियर दुवैको पहिचान खुल्न नसकेको बताइएको छ । दुर्घटनाको कारण पनि थाहा हुन सकेको छैन । महाराष्ट्रमा गएको ४० दिनभित्र भएको यो दोस्रो हेलिकप्टर दुघर्टना थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते