होमपेज > विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस् भिडियो)

बिज्ञापन
बिज्ञापन

अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलर विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले पूरिपूर्ण छ।

बिज्ञापन

‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ। सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन्। ‘१२ गाउँ’ विराजका छोरा समीरको पहिलो फिल्म हो। मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गरेका हुन्।

बिज्ञापन

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्। साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका हुन्।

विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन्। फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने तयारीमा छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते