एनएलजी इन्स्योरेन्सले एक बराबर ०.६२५ अनुपात (६२ प्रतिशत) बराबर हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको छ।
बिज्ञापन
धितोपत्र बोर्डले असोज १४ गते कम्पनीलाई हकप्रद जारी गर्न सक्ने स्वीकृति दिएको हो। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड छ । यसअघि ६६ प्रतिशत हकप्रदको प्रस्ताव गरेको कम्पनीले बोनस सेयर दिने भएपछि हकप्रद घटाएको हो। कम्पनीले हालै ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। कम्पनीले हकप्रद सेयर दिएसँगै चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्छ ।
बिज्ञापन
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी दुई अर्ब ५० करोड रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यही कारण कम्पनीले हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको हो। बजारमा कम्पनीको प्रति कित्ता सेयर करिब एक हजार तीन सय ३९ रूपैयाँमा कारोबार भइरहेको छ ।







