बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ ।
बिज्ञापन
हालसम्म ललितपुरमा १८, काठमाण्डुमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका १ हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाटकाठमाडौँमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
बिज्ञापन
काठमाडौँमा १ हजार ३२४, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी उपत्यकामा २ हजार २४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा ३ हजार ६०, ललितपुरमा १ हजार १०० र भक्तपुरमा ३५० प्रहरी खटिइएका प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।








