होमपेज > अस्वस्थकर मासु बिक्री गर्ने ७ मासु पसल कारबाहीमा

अस्वस्थकर मासु बिक्री गर्ने ७ मासु पसल कारबाहीमा

बिज्ञापन
बिज्ञापन

बुटवल उपमहानरपालिकाले चाडपर्व नजिकेसँगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ ।

बिज्ञापन

बुधबार गरिएको अनुगमनबाट ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दासमेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले जनाए। बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललाई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए ।

बिज्ञापन

अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको उनको भनाइ छ । दोस्रो पटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु बिक्री गरेको पाइए ५० हजार जरिवान हुने र त्यसपछि पनि बध नगरिएको विक्री गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्री वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न उनले आग्रह गरे । नगरपालिकाले लामो समयदेखि मासुन्य बस्तु (खसीबोका)बधशालामा मात्रै बध गरेको विक्री वितरण गर्नुपर्ने निमय लागू गरिसकेको छ तर व्यवसायीहरुले त्यो क्षेत्र आफ्नो सहमतिअनुसार नगरिएकाले नजाने बताइरहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते