काभ्रेमा गुडिरहेको ट्रक सडकबाट खसेको छ।
बिज्ञापन
बिहीबार दिउँसो १ बजे पाँचखाल नगरपालिका-५ , ३७ किलो केराघारीस्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक सडकबाट खसेको हो। बा ५ ख १२८१ नम्बरको गाडी आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो। दुर्घटनामा परी अन्दाजी ३०/३५ वर्षीय चालक घाइते छन्।
बिज्ञापन
घाइतेको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ। उनको टाउको पछाडि र च्यापुमा चोट रहेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चालकको अवस्था गम्भीर छ।








