होमपेज > १११ अंकले ओरालो लाग्यो सेयर बजार, कतिको भयो कारोबार?

१११ अंकले ओरालो लाग्यो सेयर बजार, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

यो साता सेयर बजारमा तीन दिन मात्रै कारोबार भयो । तीन दिन मात्रै खुलेको बजार परिसूचक १११ दशमलव ७६ अंकले घटेको छ ।

बिज्ञापन

कारोबारको पहिलो दिनमै ५० दशमलव ७३ अंकले घटेर २६३९ को विन्दुबाट कारोबार सुरु गरेको बजार कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २५७६ को विन्दुमा सीमित भएको छ । सातामा तीन दिन खुलेको बजारले २३ अर्ब ३७ करोड ४ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । साताभरको सेयर समीक्षामा सीइडीबी हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

बिज्ञापन

आइतबार नेप्से परिसूचक ५० दशमलव ७३ अंकले घटेर २६३७ दशमलव ७९ को विन्दुमा पुगेको थियो । ३२४ कम्पनीका १ लाख १९ हजार ७ सय ३९ पटकको कारोबारमा २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको थियो । आइतबार सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका थिए । साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको थियो ।

सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ रहेको थियो । सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका थिए । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४ अंकले घटेर २५७६ दशमलव ७६ को विन्दुमा पुगेको थियो । बुधबार ३२० कम्पनीका ८ हजार ३ सय ७८ पटकको कारोबारमा १ करोड ४० लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ रहेको थियो । बुधबार पनि सीइडीबी हाइड्रोपावरमा लगानीकर्ताहरू झुम्मिएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते