होमपेज > त्रिशूली नदीमा खसेको ट्रक दुर्घटना शंकास्पद देखियो

त्रिशूली नदीमा खसेको ट्रक दुर्घटना शंकास्पद देखियो

बिज्ञापन
बिज्ञापन

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी भेषराज रिजालका अनुसार आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो ।

बिज्ञापन

तर त्यसका चालक र सहचालक भने सम्पर्कविहीन छन् । दुर्घटना शंकास्पद मानेर प्रहरीले चालक र सहचालकको खोजी गरिरहेको छ । ट्रक राति त्यही ठाउँमा रोकेको देखिएको थियो ।  डिएसपी रिजालका अनुसार उक्त ट्रक भैरहवाबाट सनफ्लावर (सूर्यमुखी) तेल लोड गरेर ललितपुर जाँदै थियो । राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । ‘राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको छ,’ डिएसपी रिजालले भने ।

बिज्ञापन

उनका अनुसार उक्त ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।

‘यो दुर्घटना शंकास्पद छ,’ डिएसपी रिजालले भने, ‘ट्रकका चालक र सहचालकको मोबाइल स्विच्डअफ छ । उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन । हामी उनीहरुलाई खोजिरहेका छौं ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते