होमपेज > भोटेकोशीमा बोलेरो गाडी खसेको खुलासा , बाढीका कारण उद्धारमा समस्या (अपडेट)

भोटेकोशीमा बोलेरो गाडी खसेको खुलासा , बाढीका कारण उद्धारमा समस्या (अपडेट)

बिज्ञापन
बिज्ञापन

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा एउटा बोलेरो गाडी खसेको छ । शुक्रबार दिउँसो बाह्रबिसे, तातोपानी जाने सडकको बोडरल्यान्डस्थित भोटेकोशी नदीमा बोलेरो खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईका अनुसार सडकमा भोटेकोशीमा खसेको गाडीको केही भाग देखिएको छ ।

बिज्ञापन

‘गाडी खसेको पुष्टि भएको छ । गाडीको टायरसहितको केही भाग पनि देखिँदैछ’, उनले  भने, ‘तर भोटेकोशीमा ठूलो बाढी आएकाले उद्धारमा चुनौती आइपरेको छ ।’ डीएसपी भट्टराईका अनुसार घटना थाहा भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी र त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ । ‘प्रहरी र सेनाको टोलीले गोताखोरसहित खोजी गरिरहेको छ । तर बाढी उर्लेको भोटेकोशीमा बोलेरो पूरै डुबेकाले नम्बर पनि पहिचान गर्न मुस्किल भएको छ’, उनले भने, ‘हामीले दुईवटा क्रेनसमेत लगेर गाडी निकाल्ने कोसिस गरिरहेका छौँ । गाडीको थोरै भाग मात्रै देखिएकाले क्रेनले पनि तानेर निकाल्न मुस्किल भएको छ ।’

बिज्ञापन

भट्टराईका अनुसार गाडी नम्बर नखुलेकाले त्यसमा कति यात्रु सवार थिए भन्ने पनि खुल्न सकेको छैन । स्थानीय जलविद्युत्का दुईवटा क्रेनले तान्ने प्रयास गरिए पनि बाढी कारण नसकिएको उनले बताए । ‘हामीसँग गोताखोरसहितको टोली छ । सेना पनि आएको छ । तर यहाँ ठूलो वर्षा पनि भइरहकेको छ’, उनले भने, ‘गाडी निकाल्न नसकिएकाले थप विवरण पत्ता लगाउन सकिएको छैन, उद्धारको कोसिस भइरहेको छ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते