होमपेज > पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

पहिरोले राप्ती र मदन भण्डारी राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र

बिज्ञापन
बिज्ञापन

निरन्तर वर्षाको कारण पहिरो जाँदा शुक्रबार बिहानैदेखि राप्ती राजमार्ग र मदन भण्डारी राजमार्ग अन्तर्गत तुलसीपुर–कालिमाटी-सुर्खेत सडक अवरुद्ध भएको छ ।

बिज्ञापन

सल्यान र दाङको सीमानामा पर्ने राम्रीमा खसेको पहिरोले राप्ती राजमार्ग र कालिमाटी गाउँपालिका-४ टटेलीमा खसेको पहिरोले मदन भण्डारी राजमार्ग अन्तर्गत तुलसीपुर–कालिमाटी–सुर्खेत सडक अवरुद्ध भएको हो ।

बिज्ञापन

सडक अवरुद्ध भएपछि दर्जनौं सवारीसाधनहरु सडकमै रोकिएका छन् भने यात्रुहरु समेत अलपत्र परेका छन् । लगातार परेको वर्षाका कारण दैनिकजसो राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा जाने पहिरले गर्दा यात्रुहरुलाई सास्ती भएको छ ।

राम्रीमा गएको पहिरो जेसिभी लगाएर हटाउन थालिएको र टटेलीमा खसेको पहिरो हटाउन जेसिभी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । अविरल वर्षाले ग्रामीण सडक समेत अवरुद्ध भएका प्रनि खत्रीले जानकारी गराए । लगातार परेको वर्षाले जिल्लाबासी प्रभावित भएको उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते