होमपेज > साल्ट ट्रेडिङ र खाद्यलाई ३० हजार मेट्रिकटन चिनी आयात गर्न दियो अनुमति

साल्ट ट्रेडिङ र खाद्यलाई ३० हजार मेट्रिकटन चिनी आयात गर्न दियो अनुमति

बिज्ञापन
बिज्ञापन

सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ ।

बिज्ञापन

उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयकोअनुमतिमा मन्त्रिपरिषदले दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिकटन चिनी आयात गर्न मन्त्रिपरिषदबाट स्वीकृत प्राप्त भएको छ,’ सहप्रवक्ता केसीले भनिन् ।

बिज्ञापन

सरकारी कम्पनीमा चिनीको मौज्दात कम हुँदै गएपछि उद्योग मन्त्रालयले अर्थसँग दुवै कम्पनीमार्फत ५० हजार मेट्रिकटन चिनी आयतका लागि सहमति मागेको थियो । तर अर्थमन्त्रालयले ३० हजार मेट्रिकटनका लागि मात्रै स्वीकृत दिएपछि उक्त प्रस्ताव मन्त्रालयले यसै साता मन्त्रिपरिषद्मा पठाएको थियो ।

नेपालमा दैनिक दुई हजार मेट्रिकटन चिनीको खपत हुन्छ । हाल सरकारी स्वमित्वको दुई कम्पनीसँग झण्डै एक हजार मेट्रिकटन मात्रै चिनीको मौज्दात बाँकी छ । नेपाली चिनी उत्पादन गर्ने उद्योगहरुसँग अघिल्लो सातासम्म झण्डै ७ हजार मेट्रिकटन मात्रै चिनी मौज्दात रहेकोमा अहिले लगभग सकिने अवस्थामा पुगेको चिनी उत्पादक संघले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते