होमपेज > ९ महिने शिशुमाथि उम्लिरहेको कफी फ्याँक्ने पुरुषको खोजी

९ महिने शिशुमाथि उम्लिरहेको कफी फ्याँक्ने पुरुषको खोजी

बिज्ञापन
बिज्ञापन

अस्ट्रेलियाका प्रहरीहरूले ब्रिसबेनमा एउटा शिशुमाथि उम्लिरहेको कफी फ्याँक्ने पुरुषको खोजी गरिरहेका छन् । सो घटनालगत्तै ती पुरुष देश छाडेर भागेका छन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको बताइएको छ । यो घटना गएको महिनाको हो । यस घटनामा ९ महिने ती शिशुको मुहार र पाखुरा गम्भीर रुपमा जलेको बताइएको छ । क्विन्सल्यान्डका प्रहरीहरूले ३३ वर्षका ती पुरुषको नाममा पक्राउ पुर्जी जारी गरेका छन् । उनलाई आजीवन कारावाससम्मको सजाय दिलाउने गरी अभियोग चलाइँदैछ । घटना भएको ६ दिनपछि मुख्य संदिग्ध सिड्नी विमानस्थलबाट देशबाहिर गएको खुलासा भएको छ ।

बिज्ञापन

पहिचान पुष्टि हुनुभन्दा १२ घण्टा अगाडि ती पुरुष विदेश भागिसकेका थिए । ३१ अगस्टमा शिशु परिवारसँग नजिकैको पार्कमा थिए । परिवार त्यहाँ पिकनिक खान आएका थिए । अपरिचित पुरुषले शिशुको नजिक आएर थर्मसभरिको तात्तातो कफी बच्चामाथि खन्याइदिए । शिशुको तत्कालै प्राथमिक उपचार गरियो । कफीले पोलेको ठाउँमा आइस पनि लगाइयो । अस्पताल लगियो । तर शिशुलाई नराम्ररी पोलिसकेको थियो । जसका कारण उनको कयौँ शल्यक्रिया गर्नुपर्‍यो ।

सन्दिग्धले ती शिशुमाथि किन तातो कफी खन्याए भन्ने थाहा हुन सकेको छैन । सन्दिग्ध कुन देशमा भागेको भनेर प्रहरीलाई थाहा भएको भए पनि यतिबेला पहिचान खुलाउँदा अनुसन्धानमा खलल हुन सक्ने भनेर उनको पहिचान गोप्य राखेको छ । ती पुरुष नियमित रूपमा अस्ट्रेलिया आइरहने गरेको देखिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते