होमपेज > सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘क्लब अचिभर्स इभेन्ट २०८१’ भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘क्लब अचिभर्स इभेन्ट २०८१’ भव्यताका साथ सम्पन्न

बिज्ञापन
बिज्ञापन

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्तालाई लक्षित गरिएको थियो ।

बिज्ञापन

कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतनलाल केडिया, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरी देशका विभिन्न ठाउँबाट आएका क्लबको सदस्यता प्राप्त अभिकर्ताप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यप्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले सफल अभिकर्ता बन्नका लागि चाहिने सीपलगायतका विषयमा बोलेका थिए ।

बिज्ञापन

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधुली क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजनाहरू प्रस्तुत गरेको थियो । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम रकमको सीमा तोकिएको थियो । उक्त सीमाको लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरू क्लबमा सहभागी हुन सफल भएका थिए । सबै क्लबका सहभागीलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।

२००२ का मिस नेपाल माल्भिका सुब्बा कार्यक्रम सञ्चालिका रहेकी थिइन् भने हाँस्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन पाँचका विजेता करन परियारले आफ्ना प्रस्तुतिहरू पस्किँदै कार्यक्रमको माहोलमा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि बीचबीचमा नृत्यको कार्यक्रम पनि समावेश गरिएको थियो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते