होमपेज > एनसेलले ल्यायो टिकटक प्याक सञ्चालनमा, १७५ रुपैयाँमा एक सातासम्म अनलिमिटेड चलाउन सकिने

एनसेलले ल्यायो टिकटक प्याक सञ्चालनमा, १७५ रुपैयाँमा एक सातासम्म अनलिमिटेड चलाउन सकिने

बिज्ञापन
बिज्ञापन

मोबाइल सेवाप्रदायक एनसेलले टिकटक प्याक सञ्चालनमा ल्याएको छ । सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश भएको हो ।

बिज्ञापन

कम्पनीका अनुसार ग्राहकले करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउँछन् । यसमा अन्य प्रयोजनका इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि पाइने छ । सरकारबाट टिकटक प्रतिबन्ध फुकुवा भएसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाटै चलाउन पाउँछन् ।

बिज्ञापन

“नेपालमा औधी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागतयोग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,” एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । उनले अगाडि भने, “हामीले आजैबाट लागु हुनेगरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहकलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।” एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याक प्रदान गर्दै आएको छ ।

बेसिकमा सात दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकले अन्य बन्डल सेवाहरू बाहेकका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् । त्यस्तै सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते