बैतडीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । सिगास गाउँपालिका– ९, बाजपानी बस्ने दीपक बोहराका छोरा १३ वर्षीय वसन्त बोहराको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
काठाको भिर भन्ने ठाउँमा बाख्रा चराउने क्रममा विद्युत्को मेन लाइनको तार छोएको रूखमा चढ्दा करेन्ट लागेर रूखबाट खसेर उनको घटनास्थालमै मृत्यु भएको हो ।
बिज्ञापन








