होमपेज > फलफूल र कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी हालिन्छ: सांसद मगर

फलफूल र कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी हालिन्छ: सांसद मगर

बिज्ञापन
बिज्ञापन

एमाले सांसद प्रतिनिधि सभा सदस्य रणकुमारी वलम्पाकी मगरले दैनिक उपभोग्य बस्तुमा अत्यधिक विषादी मिसावट हुने गरेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिज्ञापन

उनले व्यापारीहरूले आफूले खाने सामाग्री र बजारमा बेच्ने सामाग्री फरक फरक ढंगले उत्पादन गर्ने गरेको भन्दै व्यपारीहरुले नै फेरि व्यापार व्यवसाय नभएको भनेर गुनासो गर्ने गरेको बताएकी हुन् । ‘हामीले प्रयोग गरेका सामग्रीहरू कस्ता छन् ?’, उनले प्रश्न गर्दै भनिन्, ‘सबै विषादी मिसिएका ।’ उनले दैनिक प्रयोग गर्ने खाद्य सामाग्रीहरु तरकारी, फलफूल र कुखुराको मासुमा मिसावट र तौल बढाउन सिरिञ्ज प्रयोग गर्ने गरेको बताइन् ।

बिज्ञापन

‘घिउमा डाल्डा मिसाउने, महमा चिनी, दुधमा पाउडर, बेसारमा रङ र पीठो मिसाउने, मसलामा काठको धुलो, सिस्नुको धुलोमा स्कुसको पातको धुलो मिसाइने गरेको छ’, उनले भनिन्, ‘कुखुराको मासुमा तौल बढाउन सिरिञ्जबाट पानी मिसाएर तौल बढाएर व्यापारीहरूले बेच्नुहुन्छ । अनि तपाईँहरूको व्यापार व्यवसाय बढ्छ ?’ उनले यस्तो मिसावट र विषादीका कारण मानिसहरू मुटु, मिर्गौला र क्यान्सरजस्ता रोग लागेर अस्पतालमा छटपटाउनुपरेको भन्दै यसबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते