होमपेज > एक बर्षमै पाँच खर्बले बढ्यो व्यक्तिगत ‘बैंक बचत’

एक बर्षमै पाँच खर्बले बढ्यो व्यक्तिगत ‘बैंक बचत’

बिज्ञापन
बिज्ञापन

आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा राख्ने बचत एक बर्षमै झण्डै पाँच खर्ब रुपियाँले बढेको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले गत आर्थिक बर्ष २०८०/८१ मा व्यक्तिगत बचत तथा निक्षेप चार खर्ब ८० अर्ब ३२ करोड ५६ लाख रुपियाँले बढेको देखाएको हो । बैंकमा आम सर्वसाधारण सहित बिभिन्न कम्पनी, सरकारी निकाय, बिभिन्न कोष लगायतले निक्षेप तथा बचत राख्छन् । त्यसमा व्यक्तिगत निक्षेप मात्रै एक बर्षमा झण्डै पाँच खर्ब रुपियाँले बढेको हो ।

बिज्ञापन

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप ३५ खर्ब ५९ अर्ब ५५ करोड रुपियाँ थियो । २०८० असार मसान्तसम्म आउँदा त्यो ४० खर्ब खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपियाँ पुगेको छ । वाणिज्य बैंकमा मात्रै व्यक्तिगत निक्षेप ३५ खर्ब २७ अर्ब ८४ करोड ५० लाख रुपियाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यो तथ्यांकले आम सर्वसाधारण आर्थिक रुपमा थप बलियो भएको संकेत गरेको छ । गत आवमा रेमिट्यान्स आप्रवाह उच्च थियो । त्यसले गर्दा पनि व्यक्तिगत निक्षेप बढाउने सहयोग पुगेको छ । साथै, स्वयम बैंकहरुले गत आवको पहिलो त्रैमाससम्म उच्च व्याजदरमा निक्षेप संकलन गरेका थिए । त्यसले पनि व्यक्तिगत निक्षेप बढाउन सहयोग पुगेको देखिन्छ । बचतकै व्याज आम्दानीबाट पनि यस्तो रकम बढेको जानकारवालाहरु बताउँछन् ।

अन्यको बचत कति?
अहिले बैंकहरुमा विदेशी मुद्रा अन्तरगत गैर आवसायी बचत ७३ अर्ब ७५ करोड १५ लाख रुपियाँ र आवासीय बचत ९४ अर्ब ५७ करोड २८ लाख रुपियाँ रहेको रहेको छ । यस्तै, स्थानीय तहहरुको दुई अर्ब ४८ करोड तीन लाख रुपियाँ बचत रहेको तथ्यांकमा उल्लेख छ । यसैगरी बीमा कम्पनीहरुले मात्रै छ खर्ब एक अर्ब ३५ करोड ७२ लाख रुपियाँ निक्षेप राखेका छन् । सर्वसाधारण पछि धेरै निक्षेप राख्नेमा दोस्रो नम्बरमा बीमा क्षेत्र रहेको छ ।

बिज्ञापन

कर्मचारी सञ्चय कोषले एक खर्ब ८७ अर्ब ४१ करोड १४ लाख रुपियाँ र नागरिक लगानी कोषले एक खर्ब २४ अर्ब ४० करोड २६ लाख रुपियाँ निक्षेप राखेका छन् । अन्य गैर बैंकिङ सस्थाको दुई खर्ब ८३ अर्ब ७४ करोड ८५ लाख रुपियाँ निक्षेप देखिएको छ । यस्तै, सरकारी संस्थानहरुको तीन खर्ब ३३ अर्ब २७ करोड रुपियाँ, निजी कम्पनीहरुको चार खर्ब १८ अर्ब ५४ करोड ४६ लाख रुपियाँ र गैर सरकारी संस्थाको एक खर्ब ९८ अर्ब ६४ करोड २५ लाख रुपियाँ बचत रहेको छ । अन्तर बैंक बचत ४२ अर्ब ५१ करोड ३१ लाख रुपियाँ र अन्य बचत ९४ अर्ब ३२ करोड ९३ लाख रुपियाँ रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते