होमपेज > पठाओ पार्सल डेलिभरी महोत्सव सुरु, नेपालभर १ रुपैयाँमै समान डेलिभरी

पठाओ पार्सल डेलिभरी महोत्सव सुरु, नेपालभर १ रुपैयाँमै समान डेलिभरी

बिज्ञापन
बिज्ञापन

ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले पठाओ पार्सल डेलिभरी महोत्सव अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन ।

बिज्ञापन

काठमाडौँ उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने पठाओ पार्सल डेलिभरी महोत्सव सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् । पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा ह्युमन बिल्बोर्ड डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।

बिज्ञापन

पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भैसक्ने पठाओले जनाएको छ । २०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको हमालले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । त्यस्तै, पठाओ पार्सल डटकमबाट पनि एप डाउनलोड गर्न सकिन्छ । पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् । नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै ठूलो डेलिभरी कम्पनी भएको हमलको दाबी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते