बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएर राति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ ।
बिज्ञापन
राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिए । “एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ”, उनले भने ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय बाजुराले गए रातिनै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ । “बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ”, जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने ।








