नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
बिज्ञापन
अघिल्लो दिन प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
बिज्ञापन
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








