पास्कितानको बलोचिस्तान प्रान्तको पिसिन जिल्लामा शनिबार भएको बम विस्फोटमा दुई बालबालिकाको ज्यान गएको छ । घटनामा दुई प्रहरीसहित १४ जना घाइते भएका छन् । जिल्लाको मुख्य बजार सुर्खब चोकमा विस्फोट गराइएको हो ।
बिज्ञापन
पाकिस्तानी सञ्चार माध्यमका अनुसार घाइतेमध्ये दुई जना महिला छन् । घाइतेहरूको क्वेटा ट्रमा केन्द्र र पिसिन नागरिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । पिसिन सिटी स्टेसन हाउसका अधिकृत मुजीबर रहमानका अनुसार घाइते दुई प्रहरीको अवस्था गम्भीर छ । थप उपचारका लागि उनीहरूलाई पिसिन नागरिक अस्पतालबाट क्वेटा ट्रमा केन्द्रमा लगिएको छ ।








