होमपेज > अब ईसेवाले ग्राहकलाई २ लाख रुपैयाँसम्म ऋण दिने, क-कसले पाउँछन् ?

अब ईसेवाले ग्राहकलाई २ लाख रुपैयाँसम्म ऋण दिने, क-कसले पाउँछन् ?

बिज्ञापन
बिज्ञापन

भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो ।

बिज्ञापन

ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ । यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । त्यसैका आधारमा ग्राहकले ऋण माग गर्न सक्नेछन् । पहिलो चरणमा कम्पनीले ऋण लिन सकिने सेवा एजेन्टका लागि मात्र उपलब्ध गराएको छ । उनीहरूले आफ्नो स्कोरकार्डका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

बिज्ञापन

यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ । ईसेवाले कर्जा प्रवाह सेवाका लागि कुमारी बैंक लिमिडेट र फोनलोनसँग सहकार्य गरेको छ । निकट भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुलाई ‘इजी लोन’ सेवा दिने ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । ​ईसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर भएको उनले उल्लेख गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते