होमपेज > इजरायलले लेबनानमा आक्रमण गर्दा १० जनाको मृत्यु

इजरायलले लेबनानमा आक्रमण गर्दा १० जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो ।

बिज्ञापन

हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच शुक्रबार हुने भनिएको युद्धविराम वार्ता रोकिएको अर्को दिन इजरायलले हेजबोल्लाहलक्षित आक्रमण गरेको हो । दुई पक्षबीचको वार्ता एक सातपछि हुने जनाइएको छ ।

बिज्ञापन

विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेयता उक्त क्षेत्र निकै तनावग्रस्त छ । उक्त आक्रमणमा करिब १३ सय जना मारिएपछि क्रुद्ध इजरायलले त्यसयता प्यालेस्टाइनमा आक्रमण जारी राखेको छ । जसका कारण दश महिनाको अवधिमा ४० हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमध्ये अधिकांश महिला र बालबालिका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते