होमपेज > दूधकोशी नदीमा भीषण बाढी, थामे क्षेत्रमा त्रास

दूधकोशी नदीमा भीषण बाढी, थामे क्षेत्रमा त्रास

बिज्ञापन
बिज्ञापन

सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।

बिज्ञापन

यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बिजनेश न्यूज नेपाललाई बताइन । उनले यो बाढीले ठूलो क्षति गरेको हुन सक्ने बताएकी छिन् ।

बिज्ञापन

उता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले दूधकोशीमा ठूलो बाढी आएको खबर आएपछि टोली खटाइएको बताए। ‘बाढी आएको भनिएको क्षेत्र विकट भएकाले सबै कुरा आइसकेको छैन । अहिले हामीले नजिकका युनिटबाट तटीय क्षेत्रमा प्रहरी पठाएका छौँ’, उनले खबरहबसँग भने, ‘सञ्चार सम्पर्क पनि सहज नभएकाले सबै विवरण आइसकेको छैन । स्थानीयले बाढी ठूलो आकारको भएकाले क्षति पनि त्यही आकारको हुन सक्ने खबर पठाएका छन् । सम्भावित विपद्को सामना गर्न सोलुखुम्बुमा यसअघि नै प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दूधकोशीमा भीषण बाढी आएपछि हिमपोखरी फुटेको आशंका गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते