नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।
बिज्ञापन
रिक्त रहेका सहायक निर्देशक र सहायक (सूचना प्रविधितर्फसहित) ५२ पदमा जागिर खुलाएको हो । सहायक द्वितिय र अधिकृत तृतीय श्रेणीका लागि राष्ट्र बैंकले आवेदन आह्वान गरेको हो । इच्छुकले साउन ३२ (शुक्रबार)देखि भदौ २० गतेसम्म र त्यसपछि दब्बर दस्तुरमा भदौ २७ गतेसम्म आवेदन दिनसक्नेछन् ।
बिज्ञापन
विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरिएको छ । विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकायर संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति (स्क्यानरअट्याच) संलग्न गरी दरखास्त पेश गर्नुपर्नेछ । २०८१ भदौ २० सम्म जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र मात्रै गाह्य हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) तर्फ ५ जना कर्मचारी माग गरेको छ । जसअनुसार सहायक निर्देशकको लागि अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको, सहायकको लागि प्रमाणपत्र तह वा १० जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने र सहायक (सूचना प्रविधि) को लागि कम्प्युटर इन्जिनियरिङ्ग र कम्प्युटर साइन्स इन्जिनियरिङ्ग हार्डवेयर इन्जिनियरिङ्ग र इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
बिज्ञापन








