होमपेज > बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका सीईओ शेरचनविरुद्ध सीआईबीमा उजुरी

बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका सीईओ शेरचनविरुद्ध सीआईबीमा उजुरी

बिज्ञापन
बिज्ञापन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध बैंकिङ सम्पतिमा हानीनोक्सानी पुर्याई बैंकिङ कसुर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ।

बिज्ञापन

प्रभु बैंकमा सीईओका रुपमा रहेका शेरचनले बैकिङ सम्पतिको अनाधिकृत ढंगबाट परिचालन तथा अपचलन गरी बैकिङ सम्पतिमा हानीनोक्सानी पुर्याई बैंकिङ कसुरको अपराध गरेको आरोप उजुरीमा लगाइएको छ। गत चैत १ गते सीआईबीमा दर्ता गरिएको उजुरीमा शेरचनलाई पक्राउ गरी आवश्यक छानबिन तथा कारबाहीको माग गरिएको छ। साथै बैंकको हिनामिना भएको सम्पूर्ण सम्पतिको साँवा ब्याज तथा क्षतिपूर्ति सहित बैंकलाई फिर्ता दिलाउन आग्रह गरिएको छ।

बिज्ञापन

शेरचनले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको शाखा कार्यालय कमलादीमा अर्बिट कन्सल्टेन्सीको व्यक्तिलाई राखि गोप्य राख्नुपर्ने बैंकिङ कारोबारमा अनाधिकृत व्यक्तिलाई पहुँच दिएको आरोप लगाइएको छ। शेरचनले बिद्यार्थीहरुले लिएको शैक्षिक कर्जा र स्वदेश तथा विदेशमा बुझाउनु पर्ने फी वापतको रकम अनलाईन भुक्तानी गर्दा बैकले पाउने कमीसनको रकमलाई अर्बिटको नाममा बुक गरी अर्बिटसँग मिलिभगत गरी बैकको आम्दानीको रुपमा रहेको बैक कमिसन हिनामिना गरी एक अर्कामा मिली मिलाई बाँढी खाई बैंकलाई हानीनोक्सनी पुर्याएको उजुरीमा उल्लेख छ।

त्यस्तै, गुण ग्रुपको नाममा रहेको गुण सिनेमाको नाममा दिएको ७६ करोड ६६ लाख कर्जा र सुगत ईन्भेष्टमेण्ट प्रा.लि.लाई दिएको १ अर्ब ५० करोड कर्जा बर्षौ भई सक्दापनि साँवा ब्याज नआएको र सोको कर्जा उठाउने तर्फ तदारुक्ता नदेखाएको पनि उजुरीमा उल्लेख छ। साथै गुण सिनेमाका मालिक राजेन्द्र शाक्यसँग मिलेमतो गरी बैंकबाट बिभिन्न शिर्षकमा कर्जा दिएको देखाई आफू समेतको संलग्नतामा बैंकको सम्पतिमा हानीनोक्सानी पुर्याएको आरोप उजुरीमा छ।

बिज्ञापन

यसरी अशोक शेरचनले प्रभु बैंकको कार्यकारी प्रमुख भई बैंकिङ सम्पतिको अनाधिकृत ढंगबाट परिचालन तथा अपचलन गरी बैकिङ सम्पतीमा हानीनोक्सानी पुर्याई बैंकिङ कसुरको अपराध गरेकाले शेरचनलाई पक्राउ गरी आवश्यक छानबिन तथा कारवाही गरी बैंकको हिनामिना भएको सम्पूर्ण सम्पतिको साँवा व्याज तथा क्षतिपूर्ति सहित बैकलाई फिर्ता दिलाई पाउँ भन्दै एक उजुरीकर्ताले उजुरी दिएका हुन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते