नेपाल प्रहरी अस्पतालमा २० जना स्टाफ नर्सका लागि जागिर खुलेको छ ।
बिज्ञापन
अस्पतालले मंगलबार एक सूचना जारी गर्दै आन्तरिक कल्याण कोषबाट प्रहरी नायव निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम उपलब्ध गराउने गरी २० जना स्टाफ नर्स ६ (छ) महिनाको लागि करार सेवामा पदपूर्ति गर्न लागेको जानकारी दिएको हो । इच्छुकले मंगलबार बिहान ९ बजेदेखि भदौ ६ गते साँझसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । दरखास्त फारम नेपाल प्रहरी अस्पताल, महाराजगञ्जबाट लिनुपर्नेछ र सोही ठाउँमा बुझाउनुपर्नेछ ।
बिज्ञापन
१८ वर्ष उमेर पूरा भई ३० वर्ष ननाघेका त्रिवि मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा प्रवीणता तह उत्तीर्ण गरेका तथा कम्तीमा एक वर्ष काम गरेको अनुभव भएकाले फारम भर्न सक्नेछन् ।








