सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रा.लि (काठमाडौं, धुलिखेल)बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बिज्ञापन
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयरुमा सम्पर्क गर्न सकिने छ। बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।








