होमपेज > फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक: हेर्नुहोस् भिडियो…

फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक: हेर्नुहोस् भिडियो…

बिज्ञापन
बिज्ञापन

नयाँ नेपाली फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको फिल्मको शीर्ष गीतमा त्रेत्रा यूगका बलशाली पात्र रावणको महिमा मण्डन गरिएको छ । यही भदौ २१ गते अर्थात तीजको दिनदेखि प्रदर्शनमा आउने फिल्मको यो गीतमा अभिनेता पल शाह दोहोरो भूमिकामा देखिएका छन् भने उनलाई अभिनेत्री पूजा शर्माले साथ दिएकी छिन् । गीतमा सरप्राइजको रुपमा निर्देशक सुदर्शन थापा पनि प्रस्तुत भएका छन् ।

बिज्ञापन

फिल्ममा भारतीय गायक नाकाश अजिजको स्वर सुन्न सकिन्छ । उनी दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को ‘पुष्पा पुष्पा’ का गायक हुन् । यो गीतमा डा. कृष्णहरी बरालको शब्द तथा रेवन आरती सिंहको संगीत निर्देशन छ । गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन छ । आकर्षक सेट बनाएर छायांकन गरिएको गीतले दक्षिण भारतीय फिल्मकै झझल्को दिएको छ ।

बिज्ञापन

यो फिल्ममा पल र पूजाबाहेक प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल आदिको पनि अभिनय रहेको ‘रावायण’ मा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत तथा श्री श्रेष्ठको द्वन्द
निर्देशन छ । केही दिनअघि सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिसकेको छ । टीजरले फिल्ममा नेपालको तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई मुख्य विषयवस्तु बनाएको अनुमान गर्न सकिन्छ । यो फिल्ममा अभिनेता पल शाह दोहोरो भूमिकाका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते