होमपेज > काइसाइ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपालमा भित्रियो

काइसाइ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपालमा भित्रियो

बिज्ञापन
बिज्ञापन

काइसाइ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । जिरो इमिसन राइड एनले नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याएको हो । कम्पनीले १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने स्कुटर नेपाली बजारमा बिक्री सुरू गरेको हो ।

बिज्ञापन

कम्पनीले भित्र्याएको काइसाइ एससीमा २.४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । यसमा ७२ भोल्ट ४० एम्पियरको ग्राफिनी ब्याट्री उपलब्ध छ । यसलाई एक पटकको फुलचार्जमा १२० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, यसको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । यसमा अगाडि डिस्क ब्रेक र पछाडी ड्रम ब्रेक रहेको छ । यसमा ३ वटा ड्राइभ मोड र एउटा रिभर्स मोड उपलब्ध छ । यसका साथै एन्टिथेप्ट ह्वील लक, एलईडी लाइट, डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छन् ।

बिज्ञापन

७२ भोल्ट ४० एएच क्षमताको ग्राफिनी ब्याट्री भेरियन्टको मूल्य १ लाख ६५ हजार २०० रुपैयाँ छ भने ७२ भोल्ट २७ एमएच आवरको ब्याट्री क्षमताको भेरियन्टको मूल्य १ लाख ५० हजार २०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जिरो इमिसन राइड एन नेपालका लागि लुयान ब्राण्डको पनि आधिकारिक वितरक हो । कम्पनीले विगत ५ वर्षदेखि लुयानका विभिन्न मोडेलका इलेक्ट्रीक स्कुटरहरू बिक्रीवितरण तथा बिक्रीपछिको सेवा दिँदै आइरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते