होमपेज > नर्भिक हस्पिटलले स्तनपानसम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै

नर्भिक हस्पिटलले स्तनपानसम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै

बिज्ञापन
बिज्ञापन

विगत तीन दशकदेखि निरन्तर जनताको स्वास्थ्य सेवामा समर्पित ‘नर्भिक इन्टरनेसनल हस्पिटल’ ले एक सातादेखि स्तनपानसम्बन्धी जानकारीमूलक कार्यक्रम गर्दै आएको छ । विश्व स्तनपान साताका अवसरमा हस्पिटलले सबै आमाहरूलाई निःशुल्करूपमा स्तनपानसम्बन्धी महत्त्वपूर्ण जानकारी, सल्लाह एवं सुझाव उपलब्ध गराइरहेको छ ।

बिज्ञापन

विश्व स्तनपान साताका अवसरमा बुधबार पनि अस्पतालका वरिष्ठ चिकित्सक अञ्जली बगारियाले स्तनपानसम्बन्धी सल्लाह, सुझाव एवं जानकारीहरू प्रवाह गरिन् । उनले हस्पिटलको आधिकारिक सामाजिक सञ्जाल फेसबुक र इन्ट्राग्राममार्फत् प्राप्त जिज्ञासाहरूको जवाफ दिइन् । उनीजस्तै नर्भिक हस्पिटलका अन्य वरिष्ठ चिकित्सकहरूले  यो साताभर स्तनपानसम्बन्धी जानकारी एवं यसको महत्त्वबारे आम जनतालाई जानकारी दिँदै आएका छन् । चिकित्सक बगारियाले स्तनपान सप्ताहमा प्रवाह भएका सल्लाह, सुझाव र जानकारीले आमाहरू र बच्चाहरूको स्वास्थ्य र खुशीका लागि स्तनपानको महत्त्वालाई उजागर गरेको बताइन् ।

बिज्ञापन

हस्पिटलले बच्चालाई जन्मेको एकघण्टाभित्र स्तनपान गराउन, जन्मेको छ महिनासम्म आमाको दूध र त्यसपछि पौष्टिक आहारसहित स्तनपान गराउन सुझाव दिँदै आएको छ । त्यसैगरी स्तनपानले महिलाको स्तन क्यान्सर पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्नेजस्ता जानकारीमूलक सन्देश हस्पिटलले उपलब्ध गराउँदै आएको छ । विश्व स्तनपान साता हरेक वर्ष अगष्टको पहिलो साता मनाइँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष र सरकारका विभिन्न मन्त्रालयहरू एवं नागरिक समाजका अगुवाहरूको समर्थनमा विश्व स्तनपान साता मनाउँदै आइएको छ ।

विश्व स्तनपान सप्ताह २०२४ को नारा रहेका छ( ‘स्तनपानमा समानता स् सबैको सहयोग र सहभागिता’ भन्ने रहेको छ ।सन् १९९३ मा उद्योगपति वशन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टर स्थापना गरेका थिए । काठमाडौँको थापाथलिस्थित यो हस्पिटल हाल देशकै ‘मल्टि स्पेस्यालिटी’ अस्पतालका रुपमा परिचित छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते