नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ। दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ।
बिज्ञापन
मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि १ बजेर १४ मिनेटमा उडेको थियो।
बिज्ञापन
क्याप्टेन अरुण मल्ल
यात्रुहरु:
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)








