प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए ।
बिज्ञापन
उनले भने, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन् । कसैले कसुर गर्यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो । त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन् । कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि हेरिर्दैन । कोही उम्किन पनि पाउँदैन् ।’
बिज्ञापन
उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए । उनले भने,‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन् । कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ । तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ ।’
जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गरिन्
प्रधानमन्त्री केपी शर्मा ओलीले, आफूले जिन्दगीमा कहिँल्यै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका छन् । बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन नौतिकताले पनि नदिँने भन्दै उनले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि नसहने दाबी गरेका हुन् ।
बिज्ञापन
उनले भने,‘यस समिति समक्ष म स्पष्ट पार्न चाहन्छु । मैले पहिले पनि जिन्दगीमा कहिँल्यै भ्रष्टाचार गर्दिन भ्रष्टाचार सहिन पनि मेरो नजर बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक रुपमा कुरा उठाउँनु हिलो छ्याप्नु छुट्टै कुरा हो । म दावाकासाथ भन्छु । यो धर्तिको अदालतमा मात्र होइन चित्रगुप्तका अगाडि पनि म जवाफ दिन सक्छु । मलाई धन आर्जन गर्नु छैन् । राज्यको सम्पति अपचलन गरेर आफ्नो बनाउन मेरो नौतिकताले पनि दिँदैन् ।’ उनले आफ्नो नजरभन्दा बाहिर कसैले भ्रष्टाचार गरेकोलाई आफूले गर्न दिएको भन्न नमिल्ने बताए ।








