होमपेज > मोबाइल बैकिङ कारोबार शुल्कमा वृद्धि

मोबाइल बैकिङ कारोबार शुल्कमा वृद्धि

बिज्ञापन
बिज्ञापन

मोबाइल बैकिङ कारोबार शुल्क बढेको छ । सरकारले डिजिटल भुक्तानीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाइदिए पछि बैंकहरुले पनि मोबाइल बैकिङ कारोबारको शुल्क बढाएका छन् । अहिले बैंकहरुले ११.३० रुपैयाँ लिन थालेपछि मोबाइल बैकिङ प्रयोगकर्ताहरु मारमा परेका छन् ।

बिज्ञापन

एउटा बैंकबाट अर्को बैंकमा मोबाइल बैकिङ मार्फत ७ सय ५० रुपैयाँ भुृक्तानी गरेकी जमुना शाहको खाताबाट ११ रुपैयाँ ३० पैसा शुल्क काटिए पछि पूर्व सुचना नै नदिए बैंकहरुले शुल्क बढाएर काट्न थालेको भन्दै गुनासो गरेकी छन् । लक्ष्मी सनराइज बैंक र कुमारी बैंकले पनि शुल्क बढाएर लिएका छन् । अन्य बैंकहरुले पनि शुल्क बढाएर लिन थालेका छन् । मोबाइल बैकिङ प्रयोगकर्ताबाट बढी शुल्क लिएको गुनासो बढ्न थालेपछि हामीले नेपाल राष्ट्र बैंकलाई मोबाइल बैकिङ शुल्क बढेको हो भन्ने प्रश्न गरेका छौ । केन्द्रिय बैंकका प्रवक्ता रामु पौडेल सरकारले आर्थिक विधेयक मार्फत डिजिटल भुक्तानीलाई भ्याटको दायरामा ल्याएकाले बैंकहरुले कारोबारमा भ्याट जोड्न सुरु गरेको हुनसक्ने बताए । यद्यपि केन्द्रिय बैंकले शुल्क बढाउँनेबारे कुनै पनि सर्कुलर जारी नगरेको पौडेलले बताए ।

बिज्ञापन

सामान्यतया बैकिङ प्रणालीमा कुनै पनि सेवाको शुल्क निर्धारण गर्दै आएको केन्द्रिय बैंकले सरकारको आर्थिक ऐननै मुख्य भएकाले सर्कुलर जारी गर्नुपर्ने अवस्था नरहेको पौडेलले बताए । हाल मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत प्रतिदिन क्रमशः र ३ लाख तथा २० लाखसम्म भुक्तानी गर्न सकिन्छ । चालू आर्थिक वर्षदेखि सरकारले भुक्तानी प्रदायक संस्थाबाट वित्तीय कारोबारमा लिएको सेटलमेन्ट शुल्कमा १३ प्रतिशत भ्याट लिन थालेको छ । विगतमा मोबाइल बैंकिङ वा वालेटबाट पेमेन्ट गर्ने ग्राहकले राष्ट्र बैंकले तोकेको सेटलमेन्ट शुल्क १० रुपैयाँ तिर्नुपर्थ्यो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते