होमपेज > प्रभु बैंकको नाफा १५ गुणाले वृद्धि, लाभांश क्षमता ५.२ प्रतिशत

प्रभु बैंकको नाफा १५ गुणाले वृद्धि, लाभांश क्षमता ५.२ प्रतिशत

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेडको नाफा झण्डै १५ गुणाले वृद्धि भएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार सो बैंकले यो अवधिमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बिज्ञापन

अघिल्लो वर्ष बैंकको खुद नाफा २८ करोड मात्रै थियो । बैंकले कमाएको उक्त नाफा हाल रहेको २३ अर्ब ५४ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर १९.०३ रुपैयाँ हो । यो वर्ष बैंकको सबै प्रकारका आम्दानी बढ्नु र इम्पेरिमेन्ट चार्जमा गिरावट आउनुले नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १० अर्ब ६ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १२ अर्ब २ करोड आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ९१ करोड पुगेको देखिन्छ ।

बिज्ञापन

आम्दानीसँगै यो वर्ष बैंकको खर्च पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब २८ करोड रहेको कर्मचारी खर्च बढेर ४ अर्ब ७६ करोडमा पुगेको छ । त्यस्तै अघिल्लो वर्ष १ अर्ब ४८ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो वर्ष नाफामा उल्लेख्य सुधार आएको बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर ५.२० प्रतिशत बराबर हो । अघिल्लो वर्ष यो रकम नकारात्मक अवस्थामा रहेको थियो ।

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.७८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४.९८ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १३.५५ प्रतिशत, कस्ट अफ फण्ड ५.७७ प्रतिशत, बेसरेट ८.०२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९७ प्रतिशत रहेको देखिन्छ । बैंकले यो अवधिमा ३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः २ खर्ब ८९ अर्ब र २ खर्ब ३४ अर्ब रुपैयाँ थियो । अहिले बैंकको रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्र्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ १५४.७६ रुपैयाँ रहेको देखिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते