होमपेज > भारत बाहेक दक्षिण मुलुक र चीनमा वैदेशिक भ्रमण जानेलाई डलर सटही सुविधा

भारत बाहेक दक्षिण मुलुक र चीनमा वैदेशिक भ्रमण जानेलाई डलर सटही सुविधा

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा बढाएको छ ।

बिज्ञापन

राष्ट्र बैंककले विदेशी विनियम कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो । भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले अब एक पटकमा १ हजार अमेरिकी डलर र एक वर्षमा बढीमा दुई हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । यसअघि १ पटकमा ५०० र एक वर्षमा १ हजार डलरसम्मको सटही सुविधा रहेको थियो । भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीलाई राहदानी बापत दिने सटही सुविधा भने यथावत रहेको छ ।

बिज्ञापन

२ हजार ५०० डलर रहेको यस्तो सीमा एक वर्षमा दुई पटक मात्रै रहेकोमा अब भने दुई पटकको व्यवस्था हटेको छ । सार्वजनिक खरिद कानुन लागु हुने सार्वजनिक निकायहरूले सार्वजनिक खरिद कानुन बमोजिम विभिन्न प्रयोजनका लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा राष्ट्र बैंकले तोकका सर्तहरूको अधिनमा रही सटही सुविधा बैंकहरूले सोझै प्रदान गर्न सक्ने छन् । यसअघि संवैधानिक निकाय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सार्वजनिक निकायहरूले यसरी सटही सुविधा पाउँदै आएका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते