होमपेज > सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बाल अस्पताल निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बाल अस्पताल निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

बिज्ञापन

यस सहयोगको चेक सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा भगवान कोइरालालाई हस्तान्तरण गरे। nकाठमाडौं बाल अस्पतालको निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको स्वास्थ्य सेवा आवश्यकतासँग जुध्न र विशेष गरी निम्न आय परिवारका बालबालिकाहरूलाई किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।

बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत यस्तो सहयोग प्रदान गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस आर्थिक सहयोगले अस्पताल निर्माणमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्ष पनि अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो र यसका अलावा, कम्पनीले नेपालका विभिन्न स्थानहरूमा शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरू आयोजना गर्दै सामाजिक सुधारका लागि निरन्तर काम गर्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते