होमपेज > रन्जना ट्रेडले आफ्ना तीनवटै सिनेमा हल भाडामा बिक्री गर्दै, मासिक भाडा कति

रन्जना ट्रेडले आफ्ना तीनवटै सिनेमा हल भाडामा बिक्री गर्दै, मासिक भाडा कति

बिज्ञापन
बिज्ञापन

काठमाडौंको न्यरोडस्थित रहेको रन्जना ट्रेड सेन्टरले आफ्ना तीन वटा सिनेमा हल भाडामा बिक्री गर्ने भएको हो ।

बिज्ञापन

रन्जना सिनेप्लेक्स प्रालिको सञ्चालक समितिको निर्णय बमोजिम रन्जना ट्रेड सेन्टर भवनमा रहेका ३ वटा सिनेमा हल भाडामा दिने भएको हो । भाडामा लिई संचालन गर्न ईच्छुक कम्पनीले १५ दिनभित्र गोप्य शिलवन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ । उक्त तीनवटा हल रन्जना ट्रेड सेन्टर भवनको पाँचौं र छैटौं तल्लामा छन् । कम्पनीका अनुसार हल नं. १ को सिट क्षमता २५१, हल नं. २ को सिट क्षमता ११८ र हल नं. ३ को सिट क्षमता १६४ रहेको छ । हलको न्यूनमत मासिक भाडा १५ लाख रुपैयाँ तोकिएको छ । साथै हल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा भाडामा लगाइने कम्पनीले जनाएको छ ।

बिज्ञापन

रितपूर्वक प्राप्त बोलपत्र १६औँ दिनको १२ बजेसम्म खोलिने छ । मासिक भाडा रकमको १० प्रतिशत प्रतिशनले हुन आउने रकम रन्जना सिनेप्लेक्स प्रालिको नाममा रहेको प्रभु बैंकमा जम्मा गर्नुपर्नेछ । साथै कम्पनीले भूमिगत तल्ला १ र तल्ला २ मा रहेको पार्किङ पनि भाडामा दिने भएको छ । उक्त सवारी पार्किङस्थल मासिक १५ लाख रुपैयाँमा भाडामा दिने भएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते